नोकियाको बनाना फोन

नोकियाको बनाना फोन

केन्द्रबिन्दु
0
Shares

स्पेनको बार्सिलोनामा आयोजना भैरहेको मोवाइल वल्र्ड कंग्रेसको अवसर पारेर नोकिया, सामसुङ र सोनीले आफ्नो फ्ल्यागसिप मोवाइलहरुलाई सार्वजनिक गरेका छन् ।

दक्षिण कोरियाको सामसुङले कंग्रेसमा ग्यालेक्सि एस नाईन र एस नाईन प्लस स्मार्टफोनलाई सार्वजनिक गरेको हो । सामसुङको यो सेटले आईफोन एक्ससंग बजारमा प्रतिस्पर्धा गर्ने देखिएको छ ।

नोकियाले पनि यो मेलामा फोर जी भर्जनको ८११० मोडलको बनाना फोनलाई सार्वजनिक गरेको छ । घुमाउरो आकारमा रहेको यो सेटमा स्लाइडर पनि रहेको छ । स्लाइडरलाई तल गर्दा किप्याड चलाउन मिल्छ भने आएको फोन कललाई रिसिभ गर्दा स्लाइडरलाई केही नगरेर पनि रिसिभ गर्न मिल्छ ।

विश्वकै ठुलो मोवाइल मेला भएको कारण धेरै कम्पनीहरुले यही अवसरमा आफ्ना नयाँ मोडलहरुलाई सार्वजनिक गर्ने गर्छन् । एक अनुमान अनुसार यसपटक आयोजना भैरहेको मेलामा सैयौं नयाँ सेट र प्रविधिहरुलाई पहिलो पटक प्रस्तुत गरिदैछ ।

जापानी मोवाइल फोन निर्माता कम्पनी सोनीले पनि एक्सपेरिया एक्सजेड टुलाई सार्वजनिक गरेको छ ।

Logo