हङकङ
एउटा कचौराको मुल्य कति पर्ला ? सय, दुईसय वा पाँचसय ? सामान्य हिसावमा यस्तो जवाफ आउन सक्छ, जून स्वभाविक पनि हो । तर हङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ भन्ने सुन्दा तपाईंको अनुमानले पनि फेल खान सक्छ । कचौराको मूल्य ९३८ मिलियन डलर (३ अर्ब ९६ करोड) मा लिलामी भएको हो । यो सामान्य खालको कचौरा होइन ।
यो एक हजार वर्ष पुरानो कचौरा हो । चीनको सांग राजवंशले प्रयोग गरेको यो कचौरा हङकङमा रेकर्ड कायम गर्दै हालै लिलाम गरिएको छ । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् । सोथबे अक्सन हाउसका अनुसार लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । केही मानिसले फोन मार्फत बोली लगाएका थिए भए केही त्यही उपस्थित थिए । यो सानो कचौराको आकार १३ सेन्टिमिटरको छ र यो नीलो–हरियो रंगको छ ।
कचौराको महत्वको अनुमान यतिखेर लगाउन सकिन्छ कि यसको सुरुवाती बोली १०.२ मिलियन डलरबाट शुरु गरिएको थियो । यसअघि सन् २०१४ मा चीनका मिंग राजवंशले प्रयोग गरेको रक्सीको प्याला ३६ मिलियन डलरमा विक्रि भएको थियो ।
एजेन्सी





























प्रतिक्रिया