अमेरिकासँग टक्कर बढाउँदै इरान, मिसाइल वर्षा र समुद्री मार्ग कब्जाको दियो चेतावनी

अमेरिकासँग टक्कर बढाउँदै इरान, मिसाइल वर्षा र समुद्री मार्ग कब्जाको दियो चेतावनी

केन्द्रबिन्दु
36
Shares

एजेन्सी। मध्यपूर्वमा युद्ध झन् चर्किँदै गएको छ। अमेरिका पछि हट्ने संकेत नदिएपछि इरानले आफ्नो सैन्य र रणनीतिक दबाब झन् बढाएको देखिएको छ। इजरायली स्रोतहरूका अनुसार युद्ध सुरु भएयता इरानले इजरायलतर्फ करिब ४०० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरिसकेको छ।

इरानले हर्मुज जलयोजकमार्फत हुने समुद्री आवतजावतलाई पनि रणनीतिक हतियारका रूपमा प्रयोग गर्न थालेको संकेत देखिएको छ। केही भारतीय जहाजहरूलाई पारवहन अनुमति दिएपछि भारतले नियन्त्रणमा लिएका तीन इरानी तेल ट्यांकर मुक्त गरेको घटनालाई तेहरानले समुद्री मार्गमा आफ्नो प्रभाव बढाउँदै गएको संकेतका रूपमा हेरिएको छ।

यसबीच इरानले अमेरिकी संलग्नता भएका उद्योग र बहुराष्ट्रिय कम्पनीहरूलाई पनि सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (क्ष्च्न्ऋ) ले अमेरिकी हितसँग जोडिएका कम्पनीहरूलाई वैध सैन्य लक्ष्य मान्न सकिने बताएको छ।

इरानी विश्लेषकहरूका अनुसार अमेरिकी सैन्य अभियानहरू अहिले लजिस्टिक समस्यामा परिरहेका छन्। क्षेत्रीय आधार शिविरहरूमा क्षति पुगेपछि अमेरिकाले युरोपबाट लामो दूरीका बमवर्षक विमान प्रयोग गर्न र हवाई इन्धन भर्ने प्रणालीमा धेरै निर्भर हुनुपरेको दाबी गरिएको छ। हालै केही दिनमै सातवटा इन्धन भर्ने विमान गुमाएको दाबी पनि इरानी पक्षले गरेको छ।

इरानका कट्टरपन्थी समूहहरूले हर्मुज जलयोजकमा अझ कठोर कदम चाल्ने प्रस्तावसमेत अघि सारेका छन्। ती प्रस्तावमा जहाजहरूबाट पारवहन शुल्क असुल्ने, अमेरिकी र सहयोगी राष्ट्रका जहाजहरू रोक्ने, इजरायलसँग सम्बन्धित जहाज कब्जा गर्ने वा अमेरिका फिर्ता नहुँदासम्म जलयोजक नै बन्द गर्ने सुझाव समावेश छन्।

इजरायलविरुद्धको आक्रमणमा इरानले क्लस्टर वारहेड मिसाइल प्रयोग बढाएको बताइएको छ। यस्तो मिसाइलले एकैपटक धेरै साना बमहरू छर्ने भएकाले इजरायलको हवाई सुरक्षा प्रणालीलाई रोक्न कठिन हुने विश्लेषण गरिएको छ।

युद्ध अब सैन्य संरचनामात्र होइन, लजिस्टिक पूर्वाधारमा पनि केन्द्रित हुन थालेको छ। इरानी स्रोतहरूले पर्सियन खाडी क्षेत्रमा रहेका १४ भन्दा बढी अमेरिकी सैन्य आधारहरूमा आक्रमण भएको दाबी गरेका छन्। यसको उद्देश्य अमेरिकी सैन्य आपूर्ति प्रणाली कमजोर पार्नु रहेको बताइएको छ।

उता इजरायलभित्र हाइफा नजिकका लजिस्टिक केन्द्रहरूमा पनि आक्रमण भएको दाबी गरिएको छ। साथै समुद्रमा रहेको अमेरिकी विमानवाहक युद्धपोत अब्राहम लिंकन दुर्घटनामा परेको भन्ने रिपोर्टहरू सार्वजनिक भए पनि यसको पुष्टि हुन सकेको छैन।

इरानले खाडी क्षेत्रका पूर्वाधारमा पनि दबाब बढाएको छ। यूएईको फुजैराह बन्दरगाहमा ड्रोन आक्रमण भएको खबर बाहिर आएको छ। यो बन्दरगाह हर्मुज जलयोजकलाई छलेर तेल निर्यात गर्ने मुख्य मार्ग मानिन्छ।

यसैबीच इरानले खाडी राष्ट्रहरूलाई पनि चेतावनी दिएको छ। इरानी तेल संरचनामा आक्रमण भए साउदी अरब, यूएई, कतार, कुवेत र बहराइनका ऊर्जा टर्मिनलहरू पनि प्रतिशोधको निशाना बन्न सक्ने भन्दै सूची नै सार्वजनिक गरिएको छ।

इरान समर्थित इराकी मिलिसियाहरूले पनि युद्धको दायरा विस्तार गर्न थालेका छन्। बगदादको ग्रीन जोनमा रहेको अमेरिकी दूतावास परिसरमा मिसाइल आक्रमण भएको रिपोर्ट आएको छ, जसले अमेरिकी हवाई रक्षा प्रणालीमा क्षति पुगेको बताइएको छ।

यता यमनका हुती विद्रोहीहरू पनि युद्धमा प्रवेश गर्ने संकेत देखिएका छन्। इरानी टेलिभिजनमा एक हुती नेताले इरानलाई सैन्य सहयोग गर्ने निर्णय भइसकेको दाबी गरेका छन्। यदि हुतीहरू सक्रिय भए भने बाब अल–मान्डेब जलयोजक हुँदै हुने अन्तर्राष्ट्रिय ढुवानीमा पनि ठूलो असर पर्न सक्छ।

यसले एसिया, युरोप र मध्यपूर्व जोड्ने दुई महत्वपूर्ण समुद्री मार्ग हर्मुज र बाब अल–मान्डेब दुवैलाई जोखिममा पार्न सक्छ। यस्तो अवस्थामा अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई आफ्ना नौसैनिक शक्ति विभिन्न क्षेत्रमा बाँड्न बाध्य हुनुपर्ने विश्लेषण गरिएको छ।

युद्ध बढ्दै जाँदा खाडी सहयोग परिषद् (न्ऋऋ) भित्र पनि नयाँ सुरक्षा रणनीतिबारे छलफल सुरु भएको छ। केही राष्ट्रहरूले अमेरिकामाथिको निर्भरता घटाउँदै टर्की वा पाकिस्तानसँग नयाँ सुरक्षा साझेदारी खोज्ने विषयमा समेत विचार गर्न थालेका छन्।

कूटनीतिक प्रयास जारी भए पनि तत्काल युद्धविराम हुने संकेत छैन। तेहरान र वाशिङ्टन दुवै अहिलेको अवस्थामा पछि हट्ने मनस्थितिमा देखिँदैनन्।

विश्लेषकहरूका अनुसार यो द्वन्द्व अब इजरायल–इरान सीमित संघर्ष मात्र नभई सम्पूर्ण मध्यपूर्वको रणनीतिक शक्ति सन्तुलन बदल्ने युद्ध बन्ने दिशामा अघि बढिरहेको छ।

Skip This
Skip This
Logo