श्रीलंकानजिक अमेरिकी आक्रमणमा ८७ इरानी नौसैनिकको मृत्यु

श्रीलंकानजिक अमेरिकी आक्रमणमा ८७ इरानी नौसैनिकको मृत्यु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । हिन्द महासागर क्षेत्रको अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको अमेरिकी आक्रमणमा ८७ जना इरानी नौसैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ। घटनापछि इरानले यसको कडा बदला लिने चेतावनी दिएको छ।

इरानी नौसेनाका कमाण्डर रियर एडमिरल शाहराम इरानीका अनुसार मार्च ४ मा श्रीलंकाको गाले तट नजिकै इरानी युद्धपोत ‘आइआरआइएस डेना’माथि अमेरिकी पनडुब्बीले आक्रमण गरेको थियो। उक्त जहाज भारतसँगको संयुक्त नौसैनिक अभ्यास सकेर इरान फर्किँदै गरेको बताइएको छ।

आक्रमणमा कम्तीमा ८७ जना नौसैनिकको ज्यान गएको छ भने ३२ जनाको उद्धार गरिएको छ। केही नौसैनिक अझै बेपत्ता रहेको इरानले जनाएको छ।

इरानी सञ्चारमाध्यम ‘प्रेस टिभी’का अनुसार कमाण्डर इरानीले घटनालाई गम्भीर अपराध भन्दै यसको प्रतिकार गरिने चेतावनी दिएका छन्। उनले इरानी नौसैनिकको रगतको बदला लिने बताएका छन्।

यस घटनामा ज्यान गुमाएका नौसैनिकहरूको अन्तिम संस्कार बुधबार गरिने र त्यसअघि विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने इरानी अधिकारीहरूले बताएका छन्।

Skip This
Skip This
Logo