दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ।

आगलागीको घटना बिहान ७ बजेतिर भएको हो । समाचार एजेन्सी  अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो ।

घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे।
यद्यपि, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नभएको जनाइएको छ ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन् ।

Logo