काठमाडौँ । इरानमा सरकारविरुद्ध भएको प्रदर्शनसँग जोडिएको घटनामा तीन जना व्यक्तिलाई मृत्युदण्ड दिइएको जनाइएको छ। उनीहरूलाई प्रहरी अधिकारीको हत्या आरोपमा दोषी ठहर गर्दै फाँसी दिइएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार दुई जना सुरक्षाकर्मीको ज्यान गएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई सजाय कार्यान्वयन गरिएको उल्लेख छ।
२०२६ को प्रारम्भतिर इरानमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको थियो, जसलाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा कदम चालेको बताइन्छ। विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट चलाइएको गोलीका कारण हजारौँ प्रदर्शनकारीको ज्यान गएको दाबी गरिएको छ।
यस सम्बन्धमा केही स्रोतहरूले मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी रहेको उल्लेख गरेका छन् भने अन्य प्रतिवेदनहरूमा यो संख्या अझै उच्च हुन सक्ने आँकलन गरिएको छ।































प्रतिक्रिया