पाकिस्तानको कराचीमा भीषण वर्षा: पर्खाल र घर ढल्दा १७ जनाको मृत्यु,३० जना घाइते

पाकिस्तानको कराचीमा भीषण वर्षा: पर्खाल र घर ढल्दा १७ जनाको मृत्यु,३० जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। पाकिस्तानको कराची सहरमा परेको भारी वर्षा र आँधीका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

उद्धारकर्मीका अनुसार बलदिया टाउन क्षेत्रमा पर्खाल ढल्दा ११ जनाको मृत्यु भएको हो । कायद आबाद क्षेत्रमा घरको छत खस्दा एक दम्पतीको ज्यान गएको छ भने अन्य स्थानमा थप ६ जनाको मृत्यु भएको छ ।

लगातार वर्षासँगै सहरका धेरै भाग डुबानमा परेका छन् । सडकमा पानी जम्दा यातायात अवरुद्ध भएको छ र जनजीवन प्रभावित बनेको छ ।

सहरमा तीव्र हावा र वर्षा जारी रहेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । विभिन्न क्षेत्रमा पानी निकास र उद्धारका लागि टोली खटाइएको छ ।

मौसम विभागले कराचीसहित सिन्ध प्रान्तका अन्य भागमा अझै केही दिन भारी वर्षा र आँधीबेहरी जारी रहने चेतावनी दिएको छ ।

Skip This
Skip This
Logo