काठमाडौं

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली माथि अनुसन्धान प्रक्रिया सुरु भएको छ । "/>

प्रधानन्यायाधिश पराजुलीले दिए अधिवक्तालाई ज्यान मार्ने धम्की :उनी माथि अनुसन्धान सुरु

प्रधानन्यायाधिश पराजुलीले दिए अधिवक्तालाई ज्यान मार्ने धम्की :उनी माथि अनुसन्धान सुरु


काठमाडौं

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली माथि अनुसन्धान प्रक्रिया सुरु भएको छ । प्रहरी छानविनको घेरामा परेका पराजुलीको छानबिन महानगरीय प्रहरी परिसर काठमाडौंले गर्ने भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै निवेदन दिएका थिए ।

निवेदन प्राप्त भए लगत्तै जिप्रका काठमाण्डौले छानविन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको हो । पहिलो चरणमा भण्डारीको निवेदनमा भनिए जस्तो सुरक्षा थ्रेट हो वा होइन भन्ने विषयमा छानबिन हुनेछ । अधिवक्ता भण्डारीले निवेदनमा प्रधानन्यायाधीश पराजुलीले आफूलाई फोन गरेको नम्बर पनि उल्लेख गरेका छन् र कल डिटेल मगाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले तोक लगाएर पठाएपछि परिसरले सम्वन्धित निकायसँग कल डिटेल मागेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीका विवादित विषयमा बहस गरेपछि आफूलाई ज्यान मार्ने सम्मको धम्की आएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । डा. गोविन्द केसी विरुद्दको अपहेलना मुद्दामा केसीका पक्षबाट बहस गरेका भण्डारीलाई बहस सकिएकै दिन देखि धम्की आएको निवेदनमा उल्लेख गरेका छन् । उनले सोही दिन साँझ ५ बजे तिर ९८५२०३१६६६ को नम्बरबाट ज्यान मार्ने धम्की आएको निवदेनमा उल्लेख गरेका छन् । भण्डारीले ज्यानको तल माथि भए प्रधानन्यायाधीश गोपाल पराजुली जिम्मेवार हुने समेत निवेदनमा उल्लेख गरेका छन् ।

Logo