भारत। भारतको हैदराबादमा पछिल्ला महिनाहरूमा भएका डकैती घटनामा संलग्न रहेको आरोपमा नेपाली नागरिकहरूको एक समूह पक्राउ परेको छ। स्थानीय प्रहरीका अनुसार योजनाबद्ध रूपमा सञ्चालन गरिएको डकैतीमा संलग्न रहेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हैदराबाद मेलका अनुसार पक्राउ पर्नेहरूमा रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका छन्। उनीहरू लामो समयदेखि संगठित रूपमा चोरी तथा डकैतीका घटनामा सक्रिय रहेको आशंका गरिएको छ।
प्रहरीले उनीहरूमाथि डकैती गर्ने, चोरीका सामान संकलन तथा बिक्रीमा संलग्न हुने, आर्थिक सहयोग गर्ने र आपराधिक गतिविधिलाई संरक्षण गर्ने जस्ता आरोप लगाएको छ। पक्राउका क्रममा उनीहरूको साथबाट सुनचाँदीका गहना, मोबाइल फोन र मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ।
प्रहरीले यस घटनालाई संगठित आपराधिक गतिविधिका रूपमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। साथै, यस समूहसँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी र संलग्नता बारे पनि अनुसन्धान भइरहेको बताइएको छ।































प्रतिक्रिया