२०७८ को जनगणनाका लागि ४३ हजार गणक खटाइनेदेखि विद्युत प्राधिकरणमा शाक्य नियुक्तसम्म (भिडियोसहित)

२०७८ को जनगणनाका लागि ४३ हजार गणक खटाइनेदेखि विद्युत प्राधिकरणमा शाक्य नियुक्तसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरुमध्ये सरकारले राष्ट्रिय जनगणना २०७८ को गणना गर्नको लागि देशभर ४३ हजार गणक र उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी परिचालन गर्ने भएको छ भने, विगतमा गणकका रुपमा शिक्षकहरुलाई प्रयोग गरिदै आएकोमा यसपटक खुला विज्ञापनमार्फत गणकहरु छनोट गरिने भएको छ । सरकारले नेपालमा करिब ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको हो ।

त्यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबारसम्म सचिवालय बैठक नबोलाए कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । नेकपाका दुई अध्यक्ष बीच पछिल्लो समय टकराब बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल सोमबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । महासचिव पौडेलसँगको आजको खुमलटार भेटमा कार्यकारी अध्यक्ष दाहालले त्यस्तो आसय व्यक्त गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंका समेत उब्जाएको बताएका हुन् ।

त्यस्तैगरी अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस महामारीसँग जुध्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने योजनाको तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बाइडेन राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएसँगै नयाँ योजनामा लागेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिएका हुन् । अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्तको जिम्मेवारी दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo