अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी

अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी

केन्द्रबिन्दु
18
Shares

तेहरान । अमेरिकी र इरानी सेनाबीच बिहीवार राति गोली हानाहान भएपनि युद्धविराम अझै कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएको केही घण्टामा नै हर्मुज क्षेत्रमा पुनः तनाव बढेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कुन पक्षले पहिला गोली चलाएको थियो भन्ने स्पष्ट नभएको तर शुक्रबार दुवैतर्फबाट हमला भएको रिपोर्ट गरिएको छ। पछिल्लो घटना रातभर भएको गोलीबारीपछि भएको हो जसले खाडी युद्धविराम भङ्ग हुने डर पैदा गरेको छ ।

अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज हर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा हवाई हमला गरिएको आरोप इरानका एक उच्च सैनिक कमान्डरले अमेरिकामाथि लगाएका छन् ।

अमेरिकाले पनि हर्मुज जलमार्गमा अमेरिकी नौसेना निर्देशित क्षेप्यास्त्र नस्ट गर्ने (मिसाइल डिस्ट्रोएर) प्रणालीमाथि इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रत्याक्रमण गरिएको दाबी गरेको छ ।

इरानी आक्रमणकारीहरूलाई ठूलो क्षति पुर्याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको छ। “सम्झौताका लागि इरान सहमत नभएमा ‘बमबारी शुरू हुने छ र दुःखका साथ भन्नुपर्दा त्यो पहिलाको भन्दा अझ उच्च स्तरको अनि भीषण हुने छ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ।

पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै इरानको आईआरजीसीले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकी सेनाले जास्क बन्दरगाहनजिक एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको इस्लामिक सेना आइआरजिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“इरानी नौसेनाले सघन विस्फोटक युद्धशीर्षमार्फत् जबाफी कारबाही गर्यो र अमेरिकी तीन वटा अतिक्रमणकारी जहाज तत्काल हर्मुज जलमार्गबाट भागे,” आईआरजीसीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ।

Logo