काठमाडौं । युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिक मामिला मन्त्री तेहरान पुगेका छन् ।
“पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान पुगेको इरानी तस्निम न्यूज एजेन्सीले लेखेको छ” । पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नाक्वीलाई स्वागत गरेका छन् ।
इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय रूपमा मध्यस्थता गरिरहेको छ । पाकिस्तानले गत महिना दुबै पक्षका प्रतिनिधिहरूबीच उच्चस्तरीय बैठक आयोजना गरेको थियो।
गत अप्रिल ८ देखि सुरु भएको युद्धविरामले फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धविरामलाई रोकेको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनबाट तेहरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वार्ताका लागि इच्छुक रहेको सन्देश प्राप्त भएको बताएका छन् ।
इरानका प्रमुख वार्ताकार तथा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले वासिङ्टनले तेहरानको शान्तिका लागि गरेको प्रस्तावलाई स्वीकार गर्नुपर्ने नत्र शान्तिवार्ता भङ्ग हुने बताएका छन् ।





























प्रतिक्रिया