अमेरिकी सेनाको बमवर्षक विमान दुर्घट्ना हुँदा ८ जनाको मृत्यु

अमेरिकी सेनाको बमवर्षक विमान दुर्घट्ना हुँदा ८ जनाको मृत्यु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी-५२ बमवर्षक विमान दुर्घटना भएको छ। दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान ११:२० बजे विमान नियमित परीक्षण अभियानमा रहेका बेला दुर्घटना भएको हो। दुर्घटनापछि आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडेको थियो, जुन माइल टाढाबाट पनि देखिन्थ्यो।

कर्नेल जेम्स हेयसले पत्रकारहरूसँग भनेका छन्, ‘आज एडवर्ड्स एयर फोर्स बेसले एउटा भयानक त्रासदी देखेको छ र हामीले आठ महान् अमेरिकी गुमायौँ।’

उनका अनुसार मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी र सरकारी ठेकेदार छन्। यसअघि एयर बेसले प्रारम्भिक संकेतले कोही पनि जीवित नरहेको देखाएको छ।

Logo