कतारमा बर्सातको आह्वान गर्दै प्रार्थना

कतारमा बर्सातको आह्वान गर्दै प्रार्थना

केन्द्रबिन्दु
0
Shares

दोहा कतार ।

कतारमा बर्सातको आह्वान गर्दै स्तिस्का प्रार्थना (नमाज) गरिएको छ । कतारका राजा सेख तामिम बिन हमाद अल थानीको विशेष अनुरोधमा स्तिस्का (वर्षाको निमित्त) प्रार्थना गरिएको हो ।

इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गर्दछ ।मन्त्रालयले बिहान ६ बजे नै प्रार्थनाको लागि आस्थावान सबैलाई मस्जिदहरूमा बोलाएको थियो भने देश भरका सबै मस्जिदहरू खुल्ला गरेको थियो ।

प्रार्थनाका लागि विभिन्न ओहोदाका उच्च अधिकारीहरू सामेल भएका थिए । कतारमा अधिकतम ५५ डिग्री तथा न्यूनतम १५ डिग्री सम्मको तापक्रम हुने गर्दछ ।

Logo