बिशेष खुलासा: अमेरिकामा हाइड्रोजन बम खसाल्न उत्तर कोरिया तम्तयार

बिशेष खुलासा: अमेरिकामा हाइड्रोजन बम खसाल्न उत्तर कोरिया तम्तयार

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरिया, ३१ भदौ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सबैभन्दा निकट मानिएका एक व्यक्तिले गरेको खुलासाले फेरि तहल्का मच्चिएको छ । युरोपमा रहेका उत्तर कोरियाका साँस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेक्जेन्ड्रो काओ डि बेनोले यस्तो खुलासा गरेका हुन् ।

एजेक्जेन्ड्रोले वीवीसीसँगको कुराकानीमा भनेका छन्, ‘अमेरिकाका सबै बैज्ञानिकलाई यो थाहा भइसकेको छ कि हामील जुन मिसाइल प्रहार गरेका छौं यो कम उचाइका बाबजुद लामो दुरी तय गर्न सक्छ । जसले लगभग अमेरिकाका सबै शहरलाई निशाना बनाउन सक्छ ।

यति मात्रै होइन उनले उत्तर कोरियाले अहिलेकै परिस्थितिमा अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम रहेको दाबी समेत गरे । हाइड्रोजन बम परीक्षण गरेको दुई हप्ता पनि नबित्दै उत्तर कोरियाले जापानलाई लक्षित गर्दै अर्को मिसाइल प्रहार गरेको थियो जसका कारण अहिले तनाव बढिरहेको छ ।

उनले अगाडि थपे, यसका अलावा हामील थुप्रै परमाणु परीक्षण पनि गर्यौ, यसले हाम्रो क्षमतालाई देखाएको छ । विश्वले अब हाम्रो प्रविधि र वैज्ञानिक क्षमता थाहा पाइसकेको छ ।’संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट नयाँ प्रतिबन्ध लागू भएलगत्तै उत्तर कोरियाले अमेरिकालाई खरानी बनाइदिने चेतावनी दिएको थियो । एजेन्सी

Logo