सोल, ३० भदौ । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

उत्तर कोरियाले फेरि हान्यो जापानको आकासमा क्षेप्यास्त्र

उत्तर कोरियाले फेरि हान्यो जापानको आकासमा क्षेप्यास्त्र

केन्द्रबिन्दु
३० भाद्र २०७४, शुक्रबार
0
Shares

सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् । 

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले शुक्रबार पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो । उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । सो परीक्षण अत्यन्तै शक्तिशाली थियो । आज पुनः गरेको उसको यो आर्काे क्षेप्यास्त्र परीक्षण सातौँ पटक हो । 

यो परीक्षणमा पनि हाइड्रोजन बमका सेलहरु राखिएको अनुमान गरिएको छ । उत्तर कोरियाले यस कुराको स्वीकार पनि गरेको बताइएको छ । यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दुरीमा पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । उत्तर कोरियाले पनि सो कुराको पुष्टी गरेको छ । अमेरिकाले यसलाई मध्यम दुरीको क्षेप्यास्त्र हो भनेको छ । उसले अमेरिका र प्यासिफिक क्षेत्रका लागि यो क्षेप्यास्त्र कुनै चुनौती बन्न नसक्ने पनि निष्कर्ष निकालेको छ । 

दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ३७ सय किलोमीटर टाढासम्म र ७७० किलोमीटर उचाइमा पुग्न सक्ने क्षमताको रहेको देखाएको बताएको छ । 

यस ब्यालेस्टिक क्षेप्यास्त्र पनि शक्तिशाली रहेको उसको निष्कर्ष छ । यो क्षेप्यास्त्र जापानको आकासमा हानिएको छ । जापानको होकाइदो टापूको आकासमा यो क्षेप्यास्त्र पुगेको पुष्टी भएको छ । यस कुराको पुष्टी जापान र उत्तर कोरियाले पनि गरेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि यस कुराको पुष्टी गरेको छ । जापानले यस घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेको छ । 

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले शुक्रबार बिहान हानेको क्षेप्यास्त्र हाइड्रोजन बम मिसाउन सक्ने खालको रहेको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको पनि जनाएका हुन् । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । 

उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा हतियारको होडको त्रास बढाएको र विश्व शान्तिमा चुनौती थपिएको विश्लेषण गरिएको छ ।  संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो क्षेप्यास्त्र परीक्षणको कोरियाली शृंखलालाई रोक्न सकेसम्म वार्ता र नभए अन्य विकल्पहरु खोज्न ढिला गर्न नहुने बताएका छन् । 

सुरक्षा परिषदको आकस्मिक बैठक 

यसैबीच उत्तर कोरियाको आणविक परीक्षणका बारेमा आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबारै आकस्मिक बैठक बोलाएको छ । 
न्युयोर्कबाट प्राप्त समाचारअनुसार सुरक्षा परिषदको बैठक शुक्रबार अबेर बोलाइएको छ । उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा आवश्यक छलफल हुनेछ । 

यसै हप्तामात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो । उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ । उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ । 

दक्षिण कोरियाली राष्ट्रपतिले बोलाए आकस्मिक सुरक्षा बैठक 

यसैबीच दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबारै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्  । 
उनले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोले यसलबाट कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाएका हुन् । 

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण जापान र दक्षिण कोरियामा तनाव उत्पन्न भएको छ । यस अघि पनि १२ दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणका कारण ५.६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको थियो । 

जापानद्वारा वार्ताका लागि आग्रह 

त्यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियालाई यो आणविक परीक्षणको कार्यलाई तत्कालै रोकेर शान्ति वार्ताका लागि आग्रह गरेका छन् । 

साथै उहाँले यसका कार्यका विरुद्धमा विश्व समुदायको ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले भनेका छन्– उत्तर कोरियाको यो कार्यले विश्व शान्तिमाथि नै धावा बोलिरहेको छ, अब उसका विरुद्धमा एक हुनु जरुरी छ । 

उनले उत्तर कोरियाले यसरी नै हतियारको होडलाई जारी राख्ने हो भने यसबाट उसको भविश्य पनि राम्रो हुनेछैन भन्ने कुरा विश्व समुदायले नै जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए । जापानी प्रधानमन्त्री अबेले भनेका छन्, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।” रासस/एएफपी/सिन्ह्वा

प्रतिक्रिया

भर्खर

आजको मौसम : तराईमा गर्मी बढ्ने, केही ठाउँमा पानी पर्ने

किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

मलेसियामा गुन्जियो नेपथ्य

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu