हाइड्रोजन बम परीक्षण सफल भएकोमा पार्टी

हाइड्रोजन बम परीक्षण सफल भएकोमा पार्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २५ भदौ । उत्तर कोरियाले गत साता हाइड्रोजन बमको सफल परीक्षण गरेपछि विश्वका शक्तिशाली राष्ट्रहरुमा को शक्तिशाली भन्ने ठुलो तरंग पैदा गर्यो । उत्तर कोरियालाई प्रत्यक्ष रुपमा अमेरिकाले चुनौती दिईरहेको अवस्थामा भएको हाइड्रोजन बम परीक्षणले छिमेकी मुलुक लगायत दुर दराजमा रहेको अमेरिकालाई समेत चुनौती देखिएको छ । 


यो त भए उत्तर कोरिया भन्दा बाहिर रहेका राष्ट्रका कुरा । तर उत्तर कोरियामा बमको सफल परीक्षणले भने खुशियाली छाएको छ । परीक्षण सफल भएको उपलक्ष्यमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ–उनले वम निर्माणमा सक्रिय बैज्ञानिक र टेक्निसियनहरुलाई बिशेष कार्यक्रमको आयोजना गरेर पार्टीको आयोजना गरेका छन् । उत्तर कोरियाको समाचार संस्था केसिएनएले जारी गरेको तस्विरमा पार्टी भब्य रुपमा आयोजना भएको देखिन्छ ।


पिपुल्स थिएटरमा आयोजना भएको कार्यक्रममा किमकी श्रीमती रि सोल जुपनि साथै रहेकी थिइन् । स्मरणिय रहोस् उत्तर कोरियाले पछिल्लो पटक ६ पटक आणविक बम र १ पटक हाइड्रोजन बमको सफल परिक्षण गरेको थियो । एजेन्सी

Logo