ड्युटीमा खटिएका प्रहरी माथि खुकुरी प्रहार

ड्युटीमा खटिएका प्रहरी माथि खुकुरी प्रहार


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १४ भदौ ।

चितवन नारायणगढको पोखरा बसपार्कबाट क्षेत्रपुरतर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि आक्रमण भएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिएअनुसार, बुधबार दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार भएको हो ।

टाउकोमा चोट लागेर घाइते प्रहरी जवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । पोखरेल भने खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

खुकुरी प्रहार गर्ने क्षेत्रपुर बस्ने वर्ष ३० का दिलिप सुनार पक्राउ परिसकेका छन् ।

सुनारले अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा प्रहरी जवान पोखरेलमाथि आक्रमण गरेका थिए ।

Logo