ब्लु ह्वेल गेम प्रति अमिताभ बच्चन चिन्तित

ब्लु ह्वेल गेम प्रति अमिताभ बच्चन चिन्तित


मुम्बाई, २० साउन । द ब्लु ह्वेल च्यालेन्ज भिडियो गेम खेलेर एक बच्चाले आत्महत्या गरेपछि बलिउडका अभिनेता अमिताभ बच्चनले चिन्ता ब्यक्त गरेका छन् ।

आफ्नो ट्विट मार्फत् बच्चनले लेखेका छन् ‘भयानक खबर पढे, इन्टरनेटमा बालबालिका खतरनाक खेल खेलिरहेका छन् । जिन्दगी भनेको वाँच्नको लागि हो, समय अगावै आफ्नो जिन्दगी गुमाउनु होईन ।’

हालै ३० जुलाईमा मुम्बाईका १४ बर्षिय बालक मनप्रीत सिंह साहनीले द ब्लु ह्वेल च्यालेन्ज गेम खेलेर आफ्नो घरको छतवाट हाम फालेर आत्महत्या गरेका थिए । जानकारहरुका अनुसार यो भिडियो गेमले बालबालिकाहरुलाई उक्साएर आत्महत्या गराउने गर्छ । (एजेन्सी)

 

यो पनि पढ्नुहोस् :

आत्महत्या गराउने भिडियो गेम दक्षिण एसिया भित्रियो

 

Logo