कायरो,७ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

एउटै घटनामा २८ लाई मृत्युदण्डको फैसला

एउटै घटनामा २८ लाई मृत्युदण्डको फैसला

केन्द्रबिन्दु
८ श्रावण २०७४, आईतबार
0
Shares

कायरो,७ साउन । सन् २०१५ मा इजिप्टका एक जना सरकारी पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले आज प्रसारण गरेकोे छ । 

यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः पन्ध्रलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजायँ समेत तोकिएको छ । 

आज सजायँ सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो । 

यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा यसै फौजदारी अदालतले एकतीस जना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाजति अघि ूग्य्राण्ड मुफ्तिू कहाँ पेश गरेको थियो । 

इजिप्टमा विद्यमान इस्लामिक कानून बमोजिम जटील तथा सङ्गीन अपराध बापत अदालतले दण्ड सजायँ तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ । 

प्रस्तुत मुद्दामा अदालतले एकतीसजना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिएकोमा ‘ग्य्राण्ड मुफ्ति बाट अठ्ठाइसको मात्र अनुमोदन भएका जनाइएको छ । 

सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीहरुको एक समूहले कार बम बिस्फोटन गराई उनको बिभत्स हत्या गरेका थिए । 

त्यस बखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई ूगिजा पपुलर रेसिस्टेन्सू भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो । 

हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जनाजति अपराधीहरुलाई पक्रिइ तिनीहरु उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये एकजनाको कालगतिले मृत्यु भई सकेको छ । 

यस महान्याधिवक्ता हत्याकाण्ड अघि, अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्–मक्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशहरुउपर आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो । 

हत्याकाण्डमा परी मारिनु भएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्व इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त हुनु भएको थियो । रासस ÷एएफपी 

 
 
 
 
 
 
 
 

प्रतिक्रिया

भर्खर

आजको मौसम : तराईमा गर्मी बढ्ने, केही ठाउँमा पानी पर्ने

किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

मलेसियामा गुन्जियो नेपथ्य

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu