1
1
1

0 Shares

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरी अधिकारीको मृत्यु, ६ घाइते

1
1

क्यारोलिना । अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा १ जनाको मृत्यु भएको छ । गोली प्रहारबाट ६ प्रहरी अधिकारी घाइते भएका छन् ।

अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो । बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् ।

घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ । बालिका बन्धक बनाउनेको पहिचानसँगै त्यसो गर्नुको कारण अहिलेसम्म नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

प्रकाशित: १८ असोज २०७५ ०९:५७ बिहीबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी