भारतका किसानद्वारा आज देशव्यापी चक्काजामको घोषणा

भारतका किसानद्वारा आज देशव्यापी चक्काजामको घोषणा

केन्द्रबिन्दु
0
Shares

नयाँ कृषि कानूनविरुद्ध भारतका किसानहरूले आज देशव्यापी चक्काजामको घोषणा गरेका छन् ।

आज मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्म चक्काजाम गरिने किसानहरुले बताएका छन् । चक्काजामको क्रममा हिंसा भड्किन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

संयुक्त किसान मोर्चाका बलबीर सिंह राजेवालका अनुसार आजको चक्काजाम युपी र उत्तराखण्डमा भने हुने छैन । दिल्ली एनसिआरमा समेत चक्काजाम नहुने बताइएको छ । अन्य सबै राज्यमा किसानहरुले चक्काजाम गर्न लागेका हुन् । भारतीय कांग्रेस पार्टीले किसान संघको चक्काजामलाई समर्थन गरेको छ ।

चक्काजाममा इमरजेन्सी तथा अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, विद्यालय बस आदिलाई भने अवरोध नगरिने किसान संघले जनाएको छ । 

Logo