भोलि हुने जनप्रदर्शनमा सहभागी हुन प्रचण्ड–नेपाल समूहको अपील

भोलि हुने जनप्रदर्शनमा सहभागी हुन प्रचण्ड–नेपाल समूहको अपील


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले माघ २८ गते (भोलि) को प्रदर्शनमा सहभागी हुन अपील गरेको छ । अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन सबै सामू अपील गरेका हुन् ।  

यस समूहको सचिवालय बैठक आज बसेको छ । बुधवार काठमाडौंमा आयोजना गरिएको जनसभाको तयारीका लागि बैठक बसेको हो ।  

प्रतिनिधिसभा विघटन र संसद् पुनःस्थापनाको माग गर्दै यस  समूहले घोषणा गरेको तेस्रोचरणको आन्दोलनको कार्यक्रम भोलि सकिंदैछ ।

भोलि राजधानीमा गर्न लागिएको सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ । यस अघि पनि यस समूहले विभिन्न चरणका विरोध कार्यक्रमहरु गरिसकेको छ ।  

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि यसलाई प्रतिगमनको संज्ञा दिंदै प्रचण्ड नेपाल समूहसहित अन्य दलहरु विरोधमा छन् । यता सर्वोच्चमा यस सम्बन्धि परेको मुद्दा विचाराधिन अवस्थामा छ ।  

Logo