अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

केन्द्रबिन्दु
0
Shares

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।  

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो  कारबाही गरिएको उल्लेख छ ।  

सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । रासस

Logo