शनिबार राति जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको फुकुशीमा केन्द्र भएर गएको ७.१ म्याग्निच्युडको भूकम्पपछि, जापानका मूख्य क्याबिनेट सचिव खातोउले प्रभावित क्षेत्र उद्दार तथा आवश्यक सबै प्रबन्ध मिलाउन सम्बन्धित निकायहरु लागिसकेको जनाएका छन् । गए राति १ बजेपछि तत्कालै सरोकारवाला निकायहरुको आपतकालिन् बैठक पनि बसेको छ ।
हाल, फुकुशीमा, मियागी, ईबाराकी, तोचिगी, खानागावा, गुन्मा, यामानाशी तथा शुजुओका प्रान्तका विभिन्न स्थानमा गरेर, ९० हजार घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । तर मानवीय तथा भौतिक क्षतिबारे खासै विवरण प्राप्त भएका छैनन् ।सुनामीको सम्भावना नभएको यहाँको एनएचके टिभीले जनाएको छ ।एजेन्सी





























प्रतिक्रिया