अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीको असर आइतबारसम्म रहने बताइएको छ।
टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ ।
केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा एकातिर बिजुलीकाे माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास-फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।





























प्रतिक्रिया