युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड

युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड


युनाइटेड एअरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ। एउटा विमानले उडान भरे लगत्तै इन्जिनमा समस्या आएर आगलागी भइ एक भाग खसेपछि अमेरिकाको युनाइटेड एअरलाइन्सले ग्राउ्डेड गरेकाे हाे । 

बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो।

२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको इन्जिनमा समस्या आइ आगलागी भएपछि डेन्वर विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो । 

सो घटनापछि जापानले बोइङ्ग ७७७ जहाज प्रयोग गर्ने एअरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको छ। 

संघीय उड्डयन प्रशासन (एफएए) ले इन्जिन उत्पादक कम्पनी र बोइङ्गका प्रतिनिधिसँग यस सम्बन्धमा छलफलको तयारी पनि गरेको छ।

Logo