बक्सिङ खेलाडी हाग्लरको निधन

बक्सिङ खेलाडी हाग्लरको निधन

केन्द्रबिन्दु
0
Shares

अमेरिकी बक्सिङ खेलाडी मार्भिन हाग्लरको निधन भएको छ । मिडलवेटका पूर्व च्याम्पियन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको हो । हाग्लरको निधनको कारण भने खुलाइएको छैन ।

१४ वर्षको व्यावसायिक बक्सिङमा हाग्लरले ६७ फाइट गरेका थिए । जसमा उनले ६२ खेल जित्दा ५२ नकआउट गरेका थिए । उनले करियरमा २ खेल बराबरी खेल्दा ३ खेल हारेका थिए ।

Logo