आजकै दिन १ सय ४२ वर्षअघि सन् १८७९ को १४ मार्चमा जन्मेका थिए महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन। यी सैद्धान्तिक भौतिक वैज्ञानिक नभएको भए आधुनिक विज्ञानको स्वरुप, आकार, आधार र यसको उचाइ के कस्तो हुन्थ्यो? आज हामी यसबारे कुनै अनुमान पनि लगाउन सक्दैनौं।
यस जगतमा जन्मी ७६ वर्षसम्म यहीको हवापानीमा हुर्किएर १८ अप्रिल, सन् १९५५ मा बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका अनुसन्धानले उनलाई भौतिक विज्ञानका विभिन्न शाखामा कहिल्यै बिर्सन नमिल्ने गरी अमर स्थान प्राप्त भइसकेको थियो। उनको मृत्युपछि विज्ञान जगतमा अनेकौं खोज–अनुसन्धान भए। यी खोजमा उनले प्रस्तुत गरेका तमाम सिद्धान्तकै व्याख्या विश्लेषणले भएका थिए। उनी बितेको ६५ वर्षपछि पनि उनकै सिद्धान्तमा टेकेर अनेको खोज भइरहेका छन्। विज्ञानले कुनै दिन ब्ल्याक होलजस्तै ह्वाइट होल पत्ता लगायो भने त्यसको श्रेय आइन्स्टाइनलाई नै जान्छ।
‘मलाई यस कुराको प्रत्यक्ष अनुभव छ, मेरो भित्री –बाहिरी दुवै जीवनको निर्माणमा हजारौं व्यक्तिका हात र मष्तिष्कको सक्रिय योगदान– सहयोग रहेको छ। यस उदीप्त अनुभूतिले मेरो मन –हृदय–अन्तःकरणलाई सधैँ घच्घचाइ रहन्छ कि म कम्तीमा समाज र विश्वलाई यति त फर्काउन सकौं जति मैले यसबाट लिएको छु।’
महान वैज्ञानिक आइन्स्टाइनको यो महावाक्य हामी सबैले आत्मसात गर्नसके, हाम्रो आफ्नै जीवन परिवर्तित भएर सुख समृद्धि सम्पन्न हुनुका साथै विश्व नै परिवर्तित हुने थियो।
हामी सबैले आइन्स्टाइनको यस महावाणीलाई आत्मसात गर्नसके, हाम्रो आफ्नो जीवन परिवर्तित हुनुका साथै शायद विश्व नै हामीले कल्पना गरेझै सुन्दर शान्तभूमि बन्ने थियो।
उनका केही महान् उद्गार यस प्रकार छन्ः
–अध्यात्मबिना विज्ञान लँगड़ो हुन्छ र, विज्ञानबिना अध्यात्म अन्धो हुन्छ।
–सबै धर्म, कला, विज्ञान अरु केही नभएर एउटा रुखका विभिन्न शाखा प्रशाखा हुन्।
–.कल्पना ज्ञानविज्ञानभन्दा पनि महत्वपूर्ण छ। ज्ञातको सधैँ सिमाना हुन्छ। कल्पनाले अनन्त ब्रह्माण्डको ढोका उघारिरहेको हुन्छ।
–सफल व्यक्ति बन्ने प्रयास होइन, वरु मूल्यवान व्यक्ति बन्ने प्रयासमा होमिनु पर्छ।’
–प्रकृतिलाई बुझ्ने प्रयास गर, यो बुझ्नासाथ तिमीले हरेक कुरा राम्ररी बुझ्न सक्छौ।
–जीवन साइकल चलाउनुसरह हो, सन्तुलन कायम राख्न आवश्यक हुन्छ।
–प्रत्येक मानिस हामी जसलाई ब्रह्माण्ड भन्छौ, त्यसकै सानोअंश हुन्।
–रहस्यमयता सबैभन्दा सुन्दर अनुभव हो।
–एउटा कुर्सी, एउटा मेच, एक कचौरा फलफूल र एउटा भायलिन, मानिसलाई खुसी हुन योभन्दा बढी केही चाहिन्न।
–म युद्ध होइन, सधैँ शान्तिको पक्ष लिन्छु। म घृणाको होइन, प्रेमको गणित सञ्चार गर्छु।





























प्रतिक्रिया