अफगानिस्तानमा हिमपहिरोमा परी दुई जनाको मृत्यु

अफगानिस्तानमा हिमपहिरोमा परी दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान गएकाे छ । साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताएका छन् ।

हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको हो । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् । 

अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ । रासस

Logo