म्यानमार सैनिक कू : हालसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु

म्यानमार सैनिक कू : हालसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु


म्यान्मारमा सैनिकको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।

फेब्रुअरी १ को सैनिक 'कू' पछि भएका प्रदर्शनहर"मा मृत्यु हुने सबैभन्दा कम उमेरकी बालिका हुन् । उनलाई मण्डाले सहरमा घरमै रहेको बेला गोली लागेको उनका परिवारका सदस्यहरूले बताएको बिबिसीले उल्लेख गरेको छ ।

सेभ द चिल्ड्रेनले म्यान्मारमा अहिलेसम्म २० भन्दा बढी बालबालिकाको मृत्यु भएको बताएको छ । म्यान्मारको सेनाले अहिलेसम्म भएका प्रदर्शनमा १६४ जनाको मृत्यु भएको बताए पनि म्यान्मारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर समुहले भने अहिलेसम्म २६१ जनाको मृत्यु भएको जनाएको छ ।

सेनाले भने सरकारको विरुद्धमा भएको प्रदर्शनका कारण मानिसहरुको ज्यान गएको बताएको छ । स्थानीय मिडियाले भने सेनाले बालिकाको पितालाई गोली हान्दा उनलाई लागेको उल्लेख गरेका छन् । बालिकाको नाम खिन माओ चिट रहेको बताइएको छ । बालिकाका १९ वर्षिय दाजुलाई पनि सेनाले हिरासतमा लिएको उनको परिवारले जनाएको छ ।

यसअघि एक दिनअघि मात्र म्यान्मारमा १४ वर्षिय बालकको गोली लागेर मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।  

Logo