म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारीलाई बुधबार रिहा गरिएको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’, कारागारका एक वरिष्ठ अधिकारीले भने ।
म्यान्मारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ । रासस





























प्रतिक्रिया