प्राकृतिक सौन्दर्यले कसलाई तान्दैन र ? त्यसकारण मानिसहरु प्राकृतिक सौन्दर्यको रसपान गर्न घुमफिरमा निस्कन्छन्।
यस्ता रमणीय प्राकृतिक स्थल कतिपय आनन्द दिने खालका हुन्छन् भने कतिपय भयावह पनि। भारतमा यस्तो ठाउँ छ जो सुन्दर भइकन पनि भयावहसमेत मानिन्छ।
शायद तपाईंलाई पनि अचम्म लाग्ला चराले पनि आत्महत्या गर्छन्। भारतको यस्तै एउटा ठाउँ जो चराहरुले आत्महत्या गर्ने गरेका कारण सुन्दर भइकन पनि बदनाम मानिन्छ।
आसामको दिमा हासो जिल्लाको घाँटीस्थित जातिंगा भ्याली आफ्नै प्राकृतिक कारणले वर्षमा करिब नौ महिना बाहिरी दुनियाँबाट करिब अलग हुन्छ। तर, यही भ्याली सेप्टेम्बर महिनामा भने समाचारमा छाउने गर्छ। तपाईंलाई पनि अचम्म लाग्छ किनकि यही भ्यालीमा आएर चराले आत्महत्या गर्ने गर्छन्।
सेप्टेम्बरपछि यहाँको स्थिति नाइट कर्फ्यु जस्तै हुन्छ। अक्टोबर देखि नोभेम्बरसम्मको औंसीको रातमा यहाँको स्थिति एकदमै अजिबको हुन्छ। बेलुका सात बजेदेखि राति दश बजेसम्म चराहरु किरा फट्याँग्रा जस्तो कराएर होश हराए जस्तै भएर झर्न थाल्छन् । र यो भ्याली चराहरुको लाश नै लाशले भरिएको हुन्छ। जुन दृष्यले आँखा नै रसाउँछ।
जतिंगा गाउँ आसामको बोरैल हिल्समा अवस्थित छ। यहाँ पानी धेरै पर्छ। साथै धेरै अग्ला पहाडले घेरिएका कारण यहाँ बादल तथा बाक्लो कुहिरो लागि रहन्छ। वैज्ञानिकका अनुसार भारी वर्षाका कारण चराहरु निथ्रुक्क भिजेका हुन्छन्। जसका कारण उनीहरुले उड्ने कोशिश गरेपनि उड्न सक्दैनन्।
यो घाँटीमा बाँसको बाक्लो तथा काँडादार जंगलसमेत रहेको छ, साथै बाक्लो कुहिरो तथा राति अँध्यारो हुने कारणले चराहरु बाँस तथा अन्य धारिलो वस्तुमा ठोकिएर दुर्घटना हुन्छ। धेरैजसो घटना बेलुकातिर हुने गर्छ, जुनबेला चराहरु हुलका हुल वासस्थानतर्फ फर्किरहेका हुन्छन्। चराहरु समूहमा हुन्छन् र दुर्घटना पनि समूहमै हुने हुँदा यो सामूहिक आत्महत्या जस्तो देखिन्छ।





























प्रतिक्रिया