यस्ताे छ अमेरिकी राष्ट्रपतिको सुपरसोनिक हवाइ महल

यस्ताे छ अमेरिकी राष्ट्रपतिको सुपरसोनिक हवाइ महल


अमेरिकी राष्ट्रपतिको आधिकारिक प्लेन एअरफोर्स वानलाई सुपरसोनिक विमानमा विकसित गर्न युएस एअरफोर्सले एउटा स्टार्टअपसँग मिलेर काम गर्दैछ। यसका लागि अमेरिकी वायुसेनाले जर्जियास्थित एक एभिएशन स्टार्टअप कम्पनी हर्मियससँग सम्झौता गरेका खबर गत वर्ष नै आएको थियो । यो कम्पनीले अमेरिकी राष्ट्रपतिको विमानको लागि सुपरसोनिक एअरक्राफ्ट इन्जिन विकसित गर्नेछ।

एक्सोलोनिकद्वारा बनाउन लागिएको सुपरसोनिक मैक १.८ ट्विनजेटको फोटो सिएनएन ट्राभलले जारी गरेको छ। जसमा विमानको आकर्षक ''इन्टेरियर'' देखाइएको छ।

यो विमान हालको एअरफोर्स वानको तुलनामा छोटो हुनेछ। तर, यसको गति भने अत्यधिक हुनेछ। यस  परियोजनाको लागि अमेरिकी वायुसेनाको प्रेसिडेन्सियल एण्ड एक्जिक्युटिभ एअरलिफ्ट डाइरेक्टोरेटले लगानी गरेको छ।

यसै विभागले अमेरिकी राष्ट्रपतिको विमानको रेखदेख समेत गर्ने गर्छ। तस्वीरमा अमेरिकी भिभिआइपी पाहुनाका लागि डिजाइन गरिएको यो एक्जिक्युटिभ ट्रान्सपोर्ट प्लेनको इन्टेरियर एकदमै भव्य देखाइएको छ।

यो एक्सोसोनिकलाई ७० यात्रुवाला कमर्सियल एअरलाइनर कन्सेप्टमा निर्माण गरिएको छ। जसमा अमेरिकी राष्ट्रपतिको साथमा कुल ३१ जना सवार हुन सक्नेछन्।

यस विमानलाई आरामदायी तथा इन्टेरियर आकर्षक बनाउन विलासी छाला, ओकको काठ, क्वार्टज फिटिंगको प्रयोग गरिएको छ। साथै काम गर्न अनि आराम गर्नका लागि निजी सुइट पनि बनाइएको छ ।

यसमा अत्यन्त आरामदायी मेच राखिएको छ। विमानलाई राष्ट्रपतिको सुविधा अनुसार प्रयोग गरिन्छ । प्रारम्भिक जानकारीका अनुसार यो विमानलाई एअरफोर्स २ को रुपमा प्रयोग गर्ने योजना रहेको छ। अमेरिकी उपराष्ट्रपतिको विमानलाई एअरफोर्स २ भनिन्छ।  

एक्ससोनिकका मूख्य एअरक्राफ्ट इन्टेरियर डिजाइनर स्टेफनी चहनका अनुसार विमानमा पहिले देखिको योजना बमोजिमका प्रविधि तथा सुविधाको प्रयोग हुनेछ जो सार्वजनिक रुपमा आम प्लेनमा उपलब्ध हुँदैन।

यसमा बनेका दुई सुइट्समा पहिलोलाई तीन जनाको बैठक कक्षका रुपमा पनि परिणत गर्न सकिनेछ । यसमा सुरक्षित भिडियो कन्फ्रेन्सको सुविधा समेत हुनेछ। जसबाट विमानमा सवार राष्ट्रपति तथा उपराष्ट्रपतिले आफ्नो काम गर्न सक्नेछन, अनलाइन हुन सक्नेछन भने मिडियालाई पनि सम्बोधन गर्न सक्नेछन् ।

यस विमानको अर्को सुइटमा भने आठ जनाको लागि स्थान रहनेछ। जसमा चौडा सिट तथा एडजस्टेबल टेबल पनि रहनेछ जसले विमानमा काम गर्नका लागि सिनियर अधिकारीलाई कुनै अप्ठेरो नहोस् ।

अमेरिकी राष्ट्रपतिको वर्तमान विमान एअरफोर्स वान दुई विशेष प्रकारले बनाएको बोइंग ७४७–२००  सिरिजको विमान मध्येको एक हो । यो विमान केही मिनेटको निगरानीमै सदैव उड्नका लागि तयार हुन्छ।  

मूख्य क्याबिनमा भने २० बिजनेस क्लास सिटका साथ दुई ग्यालरी, दुई लेवोटरिज अनि स्टोवेज स्पेश पनि हुनेछ ।

आधुनिक एअरक्राफ्ट डिजाइनिङका हिसाबले यसमा सिटको पछाडि मोनिटर हुने छैन । बरु यसको सट्टा निजी ग्याजेटको लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ।

डिजाइनर्सका अनुसार यो विमानलाई अमेरिकी एक्जुक्युटिभ ब्रान्चको मिशन तथा भ्याल्युको आधारमा डिजाइन गरिएको हो । विमानले एक पटकमा पाँच हजार नटिकल माइल  (९२६० किमी) दूरी यात्रा गर्नेछ । साथै बुम सफ्ट प्रविधिका कारण जमिनमा रहेका मानिसलाई आवाजले कुनै अवरोध नगर्ने गरी ध्वनीको दुई तिहाइ गतिमा उडान गर्न सक्नेछ।

यदि एअरफोर्स वानमा सुपरसोनिक इन्जिन जडान गर्ने हो भने अमेरिकी राष्ट्रपति म्याक ५ को गतिले न्युयोर्कदेखि लण्डनको दूरी ९० मिनेटमा पार गर्नेछन् । जबकि यो दूरी पार गर्नका लागि सात घण्टाको समय लाग्नेछ।

यो स्टार्टअप कम्पनीले एअरफोर्सका सामु म्याक ५ एअरक्राफ्ट इन्जिनको प्रदर्शन गरेको थियो। त्यसपछि मात्र यसलाई सरकारी कोषबाट रकम प्राप्त भएको हो।

यो सुपरसोनिक इन्जिन कम्बाइन टर्बोफैन डिजाइनमा आधारित रहेको छ। जसले सामान्य टर्बोफैन इन्जिन तथा रैमजेट दुवैलाई एउटै इन्जिनमा फ्युज गर्ने काम गर्छ।

एउटा सामान्य टर्बोफैन इन्जिनले अगाडिबाट हावालाई तानेर जोडले पछाडि धकेल्ने काम गर्छ। यो इन्जिनको शक्तिका कारण नै प्लेन सबसोनिक स्पीडमा उड्ने क्षमता राख्छ। जबकि रैमजेट इन्जिनको प्रयोग अधिक मात्रामा मिसाइलमा गर्ने गरिन्छ।

अमेरिकी राष्ट्रपतिको वर्तमान विमान एअरफोर्स वान दुई विशेष प्रकारले बनाएको बोइंग ७४७–२००  सिरिजको विमान मध्येको एक हो । यो विमान केही मिनेटको निगरानीमै सदैव उड्नका लागि तयार हुन्छ।  

विमानमा रहेता पनि अमेरिकी राष्ट्रपतिले जो कोहीसँग सम्पर्क गर्न सक्नेछन् भने यदि अमेरिका माथि आक्रमण भएका खण्डमा विमानलाई मोवाइल कमाण्ड सेन्टरका रुपमा परिचालन गर्न सक्नेछन्।

राष्ट्रपतिको एअरफोर्स वान विमान कहिले पनि एक्लै उड्दैन । केही कार्गो विमान सधैं यसको अघि उडिरहेको हुन्छ। जसका कारण अनकण्टार ठाउँमा पनि राष्ट्रपतिलाई कुनै सुविधाको कमी महशुश हुनेछैन भने अर्कोतर्फ यी कार्गो विमानले राष्ट्रपतिको एअरफोर्सलाई सुरक्षा दिने काम पनि गरिरहेका हुन्छन्।

एअरफोर्स वानले ३५ हजार फिटको उचाइमा १०१३ किमी प्रतिघण्टाको रफ्तारले उडान भर्नेछ। यो विमानले एक पटकमा ६८०० मिल दूरी उडान गर्न सक्नेछ । विमानले अधिकतम ४५ हजार १०० फिटसम्म उचाइमा उडान गर्न सक्नेछ। उडानको समयमा यो विमानको खर्च प्रतिघण्टा १ लाख ८१ हजार डलरको हुने गर्छ।

Logo