इन्डोनेसियामा बाढी र पहिरोमा परी ५५ जनाको मृत्यु

इन्डोनेसियामा बाढी र पहिरोमा परी ५५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

सोमबार बिहान इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरेका हुन् । यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।    

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

Logo