भारतमा एकै दिन १ लाख ४५ हजार कोरोना सङ्क्रमित थपिए

भारतमा एकै दिन १ लाख ४५ हजार कोरोना सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन्। यो सङ्ख्या कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्। 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १ लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् । 

यसअघि अघिल्लो एकै दिनमा १ करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए। सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १० लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको सङ्ख्या १ करोड १९ लाख ९० हजार ८५९ रहेको छ।रासस

Skip This
Skip This
Logo