कोरोनाको महामारीमा हामीले खोपको कुरा सुनेका थियौं। खोप आयो। मानिसमा केही आशा पनि पलायो कोरोनाको विरुद्धमा लड्न । तर,अहिले भने कोरोनाको विरुद्धमा लड्नका लागि अर्को आशाको किरण देखापरेको छ।
अमेरिकामा कोरोनाविरुद्ध औषधिको गोली तयार गर्ने काम भइरहेको छ। यसलाई अन्य औषधि जस्तो पानीसँग नै खाने बताइएको छ। र, यसले अन्य औषधिको गोलीले जस्तै काम गर्नेछ । अहिले यसको परीक्षण चलिरहेको छ। यसमा सफलता मिलेको खण्डमा कोरोनाको विरुद्ध लड्न अर्को एउटा हतियार उपलब्ध हुनेछ आम मानिसको लागि।
अमेरिकी नेशनल बास्केटबल एशोसियसन (NBA) मा सामेल एलए लेकर्स (LA Lakers)का सह – मालिक तथा ड्रग इन्भेन्टर डा.पेट्रिक शुन सियांग तथा उनको शोधकर्ता टिमले कोरोनाको विरुद्ध औषधिको गोली तयार गरेको हो। अहिले यस टिमले औषधिको गोलीले ''फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन'' द्वारा स्वीकृति प्रदान गरिएको कोरोना खोपको तुलनामा राम्रो काम गर्छ कि गर्दैन भन्ने शोध गरिरहेको छ।
हाल अमेरिकामा फाइजर बायोएनटेक, मोडर्ना तथा जोन्सन एण्ड जोन्सन जस्ता खोप प्रदान गरिएको छ । यी तीनवटै खोपले मानिसको शरीरमा एण्टीबडी उत्पादन गर्ने काम गर्छ।
यदि गोलीको रुपमा कोरोना विरुद्धको औषधि तयार गर्न सकेको खण्डमा यो खोपको तुलनामा सस्तो हुन्छ भने ओसार पसार गर्न र भण्डारणमा समेत कुनै समस्या हुँदैन र मानिसलाई सजिलै दिन समेत सकिन्छ।
क्यालिफोर्नियाको एल सेगुन्डो रिसर्च इन्सटिच्युट फर मेडिसिन (Chan Soon-Shiong Research Institute for Medicine) का अनुसन्धाता डा. तारा सेरीका अनुसार यदि कोठाको तापक्रममा प्रयोग गर्न मिल्ने खोपको विकल्पका रुपमा औषधिको गोली तयार भयो भने त्यो साँच्चै नै जीवन बदल्ने खोज साबित हुनेछ।
हाल यो औषधि पहिलो चरणको परिक्षणमा रहेको छ। टिमले सहयोगीको चार समूह निर्माण गरेर यसको असरका बारेमा अनुसन्धान गर्दैछ।





























प्रतिक्रिया