नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर २० जना बालबालिकाको मृत्यु भएको छ। 

अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ। झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए। तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उनले भने।

आगलागी सुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन। प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए। 

विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ। साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईंमा बसेर पढ्ने गर्दछन्। यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन।रासस

Logo