अमेरिकाको एउटा स्टार्टअप कम्पनीले परमाणुको फोहोरबाट अनौठो ब्याट्री बनाएको छ। यसको विशेषता भनेको यसलाई २८ हजार वर्षसम्म चार्ज गर्नु पर्दैन। रिर्पोटका अनुसार परमाणुको फोहोर रेडियो एक्टिभ आइसोटोप्सलाई न्यानोडाइमण्डसको अल्ट्रा स्लिम पत्रका साथ मिलाएर यस ब्याट्रीलाई आकार दिइएको हो ।
यो ब्याट्री यति शक्तिशाली छ कि मानिसको ४ सय पिंढीले बिना रिचार्ज प्रयोग गर्न सक्नेछन्। यो न्यानो डाइमण्ड रेडियोएक्टिभ ब्याट्री मानिसले प्रयोग गर्नमा पनि सुरक्षित मानिएको छ। स्टार्ट कम्पनीको दावी छ कि आगामी दुई वर्षमा यसको उत्पादन सुरु हुनेछ। पहिलो चरणमा भने अन्तरिक्ष एजेन्सीको लामो अवधिको मिशन तथा आफ्नो व्यापारिक साझेदारका लागि मात्र ब्याट्री उपलब्ध हुने पनि कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकका लागि पनि ब्याट्री उत्पादनका लागि काम गरिरहेको छ। जसले स्मर्टफोन वा इलेक्ट्रीक कारलाई विना रिचार्ज दश वर्षसम्म पावर सप्लाई गरिरहन्छ। कम्पनीका अनुसार यसले पटक पटक ब्याट्री रिचार्ज गर्नुपर्ने समस्याबाट मात्र छुटकारा दिलाउँदैन, बरु प्रयोगपछि ब्याट्रीको डिस्पोजलको समस्याबाट समेत छुटकारा दिनेछ।
यस ब्याट्रीले रेडियोएक्टिभ अपशिष्ट ग्रेफाइटबाट शक्ति प्राप्त गर्छ। ग्रेफाइट कुल्ड परमाणु रियाक्टरमा उपयोग गरिन्छ।
कम्पनीले हालसम्म ब्याट्रीको उत्पादन त गरेको छैन। तर, डायमण्ड न्युक्लियर भोल्टाइक एउटा प्रमाणित भैसकेको कन्सेप्ट डिजाइन हो।





























प्रतिक्रिया