कसरी भएकाे थियाे डाइनोसरको अन्त्य ?

कसरी भएकाे थियाे डाइनोसरको अन्त्य ?

केन्द्रबिन्दु
0
Shares

करोडाैं वर्ष पहिले सम्पूर्ण पृथ्वीमा एकछत्र राज्य गर्ने विशालकाय जीव डाइनोसरको अन्त्य कसरी भएको थियो ? यस विषयमा सबैलाई सधैँदेखि जिज्ञासा रही आएको छ। आखिर कसरी भयो त डाइनोसरको अन्त्य ! भन्ने बारेमा वैज्ञानिकले रहस्य खोलिदिएका छन्।

दक्षिणी मेक्सिकोको युक्टान पेनिनसुला ( Yucatán Peninsula in Mexico ) मा रहेको  Chicxulub crater  मा भेटिएको ऐस्टेरायडका अवशेषले यो रहस्य खोलेको छ। ६.६ करोड वर्ष पहिले पृथ्वीमा खसेको ऐस्टेरायडले विशालकाय डाइनोसरसमेत पृथ्वीको ७५ प्रतिशत जीवन समाप्त गरेको थियो। यो नै पृथ्वीमा घटित भएको सबैभन्दा पछिल्लो विनाशकारी घटना मानिन्छ।

Chicxulub impactor  का नामले चिनिने आकाशबाट खसेको एउटा खगोलीय  पिन्ड जुन आकारमा अन्दाजी ११ देखि ८१ किमी व्यासको रहेको थियो।  ६.६ करोड वर्ष पहिला यो पृथ्वीमा ठोक्किएको घटनाले पृथ्वीको जनजीवन समाप्त भएको थियो।

युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताका अनुसार उक्त ऐस्टेरायड खसेका कारण पृथ्वीमा उडेको धुलोले  डाइनोसर लोप भएका  थिए । विज्ञानले यसलाई the Cretaceous–Paleogene (K–Pg) extinction event ( Cretaceous–Tertiary (K–T) extinction) भन्ने गरेको छ।

शोधमा संलग्न प्रोफेसर स्टिभन गोडेरिसका अनुसार उक्त क्रेटरमा  अत्यधिक मात्रामा इरिडियम नामक तत्व पाइएको छ। यो पृथ्वीमा पाउनु असम्भव मानिन्छ। यो तत्व केही ऐस्टेरायडमा पाइने गर्छ।

यसरी करोडाैं वर्ष पहिला आकाशबाट खसेको विशाल खगोलीय पिन्डका कारण तत्कालीन पृथ्वीको जनजीवन समाप्त भएपछि  भएको प्राकृतिक विकासका फलस्वरूप मनुष्यको उदय भएको थियो। 

Logo