भारतमा एकैदिन २१ सय संक्रमितको मृत्यु

भारतमा एकैदिन २१ सय संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा पछिल्लो केही समययता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणदर उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १४ हजार ८३५ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ ।

Logo