पाँचदेखि दश वर्षमा एलियन्ससँग सम्पर्क हुने !

पाँचदेखि दश वर्षमा एलियन्ससँग सम्पर्क हुने !

केन्द्रबिन्दु
0
Shares

पृथ्वी बाहिर जीवन खोज्ने वैज्ञानिक तथा खगोलविदको हमेशाको प्रयास हो। तर, त्यसका लागि हाल खगोलविद्सँग उपलब्ध साधन निकै सीमित छन्। यसको मतलव उनीहरु अन्तरिक्ष स्थित हब्बल  अप्टिकल टेलिस्कोप जस्ता सीमित उपकरणको मद्दतले अन्य ग्रहमा जीवनको खोजी गरिरहेका छन् ।

यस वर्ष नासाको जेम्स वेब स्पेस टेलिस्कोप (JWST) लन्च भएपछि यस  कार्यले गति लिने आशा गरिएको छ। यसले पाँचदेखि दश वर्षमा पृथ्वीका मानिसले एलियन्ससँग सम्पर्क गर्ने आशा गरिएको छ।

नासाको जेम्स टेलिस्कोप यस वर्ष अक्टोबरमा लन्च हुँदैछ। यो अन्तरिक्षमा अहिलेसम्मको सबैभन्दा शक्तिशाली टेलिस्कोप हुनेछ। यो एक प्रकारको इन्फ्रारेड टेलिस्कोप हो, यसले केही परिक्रमा  गर्दैमा सुदूर अन्तरिक्षमा रहेका छ वटा गैसीय वामन ग्रहमा अमोनियाको उपस्थिति पत्ता लगाउन सक्नेछ। यसको अर्थ  हो  यस टेलिस्कोपले अन्य ग्रहमा केवल ६० घण्टामा जीवन भए नभएको  पक्का संकेत पत्ता लगाउन सक्छ।

वैज्ञानिकहरुका अनुसार गैसीय वामन  ग्रहमा जीवन हुने सम्भावना बढी हुन्छ। यी वामन  ग्रह हाम्रो सौर्यमण्डलका सदस्य होइनन्। वरन यी ग्रह सौर्यमण्डल भन्दा धेरै टाढा स्थित ताराको चक्कर लगाउने बाह्यग्रह हुन् यिनलाई 'सुपर अर्थ' अथवा मिनी नेप्च्युनको नामले चिनिन्छ। हालसम्म वैज्ञानिकले यी वामन गैसीय ग्रह पत्ता त लगाउँथे, तर त्यहाँको वायुमण्डलमा अमोनिया ग्यास अथवा  जीवनको अन्य केही संकेत छ कि छैन बुझ्न असमर्थ रहीआएका थिए।

यस अध्ययनको प्राथमिक रिपोर्ट  ओहायो स्टेट युनिभर्सिटीका ग्रयाजुएट विद्यार्थी कैप्राइस फिलिप यस महिनाको एपीएस मिटिंगको प्रेस कन्फ्रेन्समा राख्नेछन्। उनका अनुसार अध्ययनमा उनलाई एकदमै अचम्भित लागेको कुरा के भने आगामी पाँचदेखि दश वर्षमा अन्य ग्रहमा जीवनको संकेत खोज्न सकिनेछ।

कैप्राइस तथा उनको टिमले यस्तो  मोडल बनायो जसले जेम्स टेलिस्कोप उपकरणले वायुमण्डलको अवस्था तथा बादलप्रति कस्तो प्रतिक्रिया गर्छ साथै एउटा सूची पनि तयार गरेको छ । जुन अवस्थामा टेलिस्कोपलाई जीवनको संकेत प्राप्त हुन्छ।

फिलिपका अनुसार मानवजाति सधैँ यस प्रश्नमा विचार गरिरहेका छन् कि ब्रह्माण्डमा क तै हाम्रो जस्तै अरु जीवन छ अथवा यस विशाल ब्रह्माण्डमा  हामी एक्लै हौं।

फिलिपका अनुसार उनको शोधले पहिलो पटक यी सवालको उत्तर पहिल्याउन वैज्ञानिक ज्ञान तथा प्राविधिक क्षमता हासिल गरेको छ। नासाको जेम्स वेव स्पेस टेलिस्कोप पछिल्लो केही समयदेखि प्रक्षेपणका लागि कुरिरहेको छ। साथै यसले यससँग सम्बन्धित अन्य थुप्रै परिक्षण पास गरिसकेको छ। जसमा रकेटको आवाज, तेज झट्का तथा कम्पन सहने क्षमता रहेको छ।

Logo