नाइजेरियाको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको हमला, पाँच प्रहरीको हत्या

नाइजेरियाको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको हमला, पाँच प्रहरीको हत्या

केन्द्रबिन्दु
0
Shares

दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्। 

सोमबार ती बन्दुकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए। सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन्। 

इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन्। उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए। 

यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए।रासस

Logo