सुन खानीमा पहिरो, १५ जनाको मृत्यु

सुन खानीमा पहिरो, १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन्। 

पहाडको माथिल्लो भागबाट सुरु भएको पहिरो खानीमाथि खसेको थियो। पहिरोका कारण खानीभित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाइ छ।

Logo