कोरोनाले कछुवाको जोडीलाई पनि टाढा बनाएपछि !

कोरोनाले कछुवाको जोडीलाई पनि टाढा बनाएपछि !

केन्द्रबिन्दु
0
Shares

कोरोनाको महामारीका कारण कैयौं प्रेमी तथा प्रेमिका एक अर्काबाट टाढा भएका छन्। यस्तो बिछोड मानिसले मात्र नभएर एक जोडी कछुवाले समेत ब्यर्होनु परेको छ। 

चर्चित कछुवा गलापोस ह्युगाले पनि यस्तै बिछोड ब्यहोरेको छ। अब उसकी प्रेमिका एस्ट्रेलालाई सात समुद्र पारीबाट एउटा समूहले मिलनका लागि जर्मनीबाट अष्ट्रेलियाको एस्ट्रेला रेप्टाइल पार्कमा ल्याउने भएका छन्। 

अष्ट्रेलियास्थित न्यू साउथ वेल्स सेन्ट्रल कोष्टको समर्स बी मा रहेको पार्कमा २१ वर्षीया एस्ट्रेला ७० वर्षको ह्युगोसँग मिल्ने छिन्। तीन महिनाको क्वारेन्टिनपछि उनीहरुको मिलन हुन लागेको हो। 

दुवैको मिलन सन् २०१९ मै हुने तय भएको थियो। तर, कोभिड–१९ का कारण दुवैसँगै आउन सकेनन् । एस्ट्रेला ४० वर्षपछि अष्ट्रेलिया आउने पहिलो गलापगोस कछुवा हो। 

ह्युगो लामो समयदेखि एक्लै थियो। उसका लागि टिमले एउटा साथीको खोज तलाश गरिरहेको थियो । यदि सबै दुरुस्त रहेमा गलापगोस कछुवाको संख्या वृद्धि हुनेमा टिम आशावादी देखिएको छ। 

ह्युगो सन् १९६३ देखि उक्त पार्कमा रहँदै आएको छ। सन् २०१९ मा फर्नान्डिना टापुमा गलापगोस प्रजातिको लोपोन्मुख प्रजातिको विशाल पोथी कछुवा एस्ट्रेला फेला परेको थियो । एक एक्सपिडिशनका दौरान एस्ट्रेला भेटिएपछि पर्यावरणविद्को खुशीको सीमा नै थिएन। 

इल युनिभर्सिटीको शोधकर्ताले यसलाई अजभयिलयष्मष्क उजबलतबकतष्अगक  नामक प्रजातिको रुपमा चर्चा गरेका छन् । उक्त प्रजाति सय वर्ष अघि नै लोप भैसकेको मानिन्छ। 

अहिले एस्ट्रेलालाई जर्मनीको रास्टाक जू बाट अष्ट्रेलिया ल्याउन लागिएको हो। विशाल कछुवाको यस प्रजातिको मिलनलाई लिएर संरक्षणविद् उत्साहित देखिएका छन्। 

अष्ट्रेलियन रेप्टाइल पार्कका प्रमुख ड्यानियल रम्सीका अनुसार यदि एकपटक पार्कमा एस्ट्रेलाको बानी परेका खण्डमा सन्तान उत्पादनका माध्यमबाट आगामी पाँच वर्षमा उक्त प्रजातिको संख्या वृद्धि हुने देखिन्छ।

Skip This
Skip This
Logo