कर्णाली प्रदेशको विवाद मिल्योदेखि कोरोना बीमाको भुक्तानी नरोकिएको समितिको दाबीसम्म (भिडियोसहित)

कर्णाली प्रदेशको विवाद मिल्योदेखि कोरोना बीमाको भुक्तानी नरोकिएको समितिको दाबीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु कर्णाली प्रदेशमा आइतबारदेखि सतहमा आएको विवाद मिल्ने भएको छ । मंगलबार माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएसँगै कर्णाली प्रदेशको विवाद मिल्ने भएको हो । गत आइतबार सत्ताधारी दल नेकपाकै १८ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशको संसदीय दलमा दर्ता गराएका दिए ।

त्यस्तै पछिल्लो दुई महिना यता खाद्यान्नदेखि तरकारी र फलफूलको मूल्य आकाशिएको छ । अधिकांश तरकारीको मूल्य १ सय रुपैयाँभन्दा माथि पुगेको छ । अहिले नेपालीहरुको महान चाडपर्व दशैं तिहार र छठ नजिकिँदै गर्दा बजारमा झन् दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको हो ।

देशको संघीय राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् । यो मार्गमा पर्ने घट्टेखोलामा वि.सं २०७१ मै सवारी हिँड्ने पुल बनिसके पनि ट्याक खुलेको सडक स्तरोन्नति नहुँदा तीन नगरपालिकाका बासिन्दा तेब्बरभन्दा बढी सडक घुमेर सेवा लिन जान बाध्य भएका हुन् ।

त्यस्तैगरी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाउने जानकारी दिएका छन् । मंगलबार ऊर्जा मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री पुनले त्यस्तो बताएका हुन् । इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै उनले आगामी वर्ष पनि थप सस्तोमा विद्युत् उपलब्ध गराउने बताए ।

बीमा समितिले निरन्तर रुपमा कोरोना बीमा बापतको भुक्तानी भइरहेको जनाएको छ । सरकारले गत भदौ २९ गते संशोधन गरेको कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको समितिले जनाएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Skip This
Skip This
Logo