७ लाखभन्दा बढी रोहिंग्या बालबालिका चरम विभेदमा

७ लाखभन्दा बढी रोहिंग्या बालबालिका चरम विभेदमा

केन्द्रबिन्दु
0
Shares

७ लाखभन्दा बढी रोहिंग्या बालबालिकाले चरम विभेदको सामाना गरिरहेको सेभ द चिल्ड्रेनले जनाएको छ । 

सन् २०१७ मा रोहिंग्या समुदायमाथि म्यानमारको सेनाले गरेको अराजक र अमानवीय व्यवहारका कारण विभिन्न एसियाली राष्ट्रमा शरण लिइरहेका रोहिंग्या बालबालिकाहरूलाई न्यूनतम आधारभूत अधिकारबाट बञ्चित गरिएको सेभ द चिल्ड्रेनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

विशेषगरी म्यानमार, बंगलादेश, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियामा रहेका रोहिंग्या बालबालिकाहरुले कानूनी पहुँचको अभावका कारण गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र नागरिकता लगायतका अधिकारबाट वञ्चित हुनु परेको प्रतिवेदनमा उल्लेख छ ।

ती बालबालिकाहरु बेचविखन, बाल श्रम, बालविवाह, यौनजन्य हिंसा र बन्दी बन्न सक्ने जोखिम बढेको सेभ द चिल्ड्रेनले जनाएको । सन् २०१७ यता नै म्यानमारमा सैन्य अराजकताका कारण लाखौँ रोहिंग्या समुदाय अन्य छिमेकी मुलुकमा शरण दिन पुगेका छन् । तीमध्ये बंगलादेशमा लाखौँ रोहिंग्याले शरण लिइरहेका छन् ।

Logo