नेपालमा शनिबार अहिलेसम्मकै उच्च संक्रमण पुष्टिदेखि डा. केसीको पक्षमा प्रदर्शनसम्म (भिडियोसहित)

नेपालमा शनिबार अहिलेसम्मकै उच्च संक्रमण पुष्टिदेखि डा. केसीको पक्षमा प्रदर्शनसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड–१९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताएका हुन् । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब साढे २ घण्टा लामो भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रबिन्दुमा राखेर चाडवाड विशेष सुरक्षा योजना बनाई लागु गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशन अनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् ।

त्यस्तैगरी पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैंअघि नै राष्ट्रप्रमुखबाट उद्घघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो ।

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन गरिएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि कुनै नतिजा भने आउन सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo