अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने  बताएका छन्। अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नाे सैन्य कारबाही अन्त्य गर्ने बताए। 

युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो। 

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ।

यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्णरूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए। 

Logo