काठमाडौं ।
सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासले यसको जानकारी दिएको हो । दुतावासका अनुसार आवेदन दर्ता नोभेम्बर १० सम्म खुल्ला रहनेछ ।
डिभीका लागि आवेदन दिँदा शूल्क नलाग्ने पनि दूतावासले बताएको छ । आवेदनमा आफ्ना पति, पत्नी र २१ वर्ष नपूगेका सबै अविवाहित सन्तानको विवरण खुलाउनु पर्नेछ ।
फारम भर्दा फोटो हालसालै खिचिएको हुनु पर्नेछ भने अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो अमान्य हुने दुतावासले जनाएको छ । फारम अनलाइनको https://dvprogram.state.gov/ यस लिंकमा गएर भर्न सकिने बताइएको छ ।





























प्रतिक्रिया